Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


काँकरभिट्टा नाका हुँदै १६ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात

७ अर्ब ४४ करोड ७८ लाख बढी राजस्व संकलन

117
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टा हुँदै १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईले सोही अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइला लगायत वस्तु आयात भएको बताउनुभएको हो । पेट्रोलियम पदार्थ आयातबाट चालु आर्थिक वर्षको नौ महिनामा ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको तथ्यांक अनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्य बराबरको ८३ हजार ४ सय ४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको हो।

त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६ दशमलव ६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्य बराबरको पाँच हजार ९ सय ८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्य बराबरको ३४ हजार ५२४ दशमलव ४९० मेट्रिक टन कोइला आयात भएको भन्सार कार्यालयले जनाएको छ ।