Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मकालु हिमाल आरोहण गरी फर्किने क्रममा हिमपहिरोमा परी अमेरिकन नागरिकको मृत्यु


0
Shares

ईन्द्र गिरी, सखुवासभा ।
संखुवासभाको मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक आरोहिको मृत्यु भएको छ । हिमपहिरोमा परी अमेरिकन नागरिक ५३ वर्षीय सेल्ली जोहानेसनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरिक्षक कुमार प्रसाद मैनालीका अनुसार मकालु गाउँपालिका–२ मा रहेको विश्वको पाचौ अग्लो मकालु हिमालको क्याम्प–३ र क्याम्प–२ बीच करिब ७ हजार २ सय मिटर उचाइमा हिमपहिरो जाँदा अमेरिकन नागरिक जोहानेसन गम्भीर घाइते भएकी थिइन्।

घाइते अवस्थामै आजसोमबार बिहान करिब ८ बजे उनको मृत्यु भएको र
घटनाबारे आज सोमबार दिउँसो सेभेन समिट ट्रेक्स प्रालि काठमाडौंका कर्मचारी रोशन सिलवाल मार्फत जिल्ला प्रहरी कार्यालय संखुवासभामा जानकारी प्राप्त भएको बताउनु भयो ।

प्रहरीका अनुसार घटनास्थल अत्यन्त दुर्गम क्षेत्रमा पर्ने र पैदल यात्रा बाट करिब १० दिन लाग्ने भएकाले तत्काल प्रहरी टोली पुग्न सक्ने अवस्था नरहेको बताउनु भयो । घटनाको थप विवरण संकलन तथा बुझ्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।