काठमाडौं । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पताल खोटाङले जनाएकाे छ । प्रदेश-१ सरकारको १ करोड ५० लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नु…