सिन्धुली । सिन्धुली जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले श्रम र सिपको सदुपयोग गरी कारागार भित्रै बाँसको मुढा र कुर्सी बनाएर बिक्री वितरण गरी आम्दानी गरिरहेका छन् । विगतमा घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली तथा स्थानीय विभिन्न गैरसरकारी संघ सस्थाहरुले कैदी बन्दीहरुलाई बाँसको सिन्का र नाईलनको डोरीको प्रयोगबाट मुढा र कुर्सी बनाउने सिप सिकाएकाे हाे…