सिन्धुली । सिन्धुलीमा जुनारको फल कुहाउने मिनास्क किरा नियन्त्रण प्रभावकारी बन्दै जान थाले पछि किसानहरू जुनार खेती प्रति पुनः आकर्षित हुँदै जान थालेका छन् । केहीवर्ष यता फल कुहाउने रोगको संक्रमणले पीडित बनेका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रूपमा रोग नियन्त्रण गर्ने अभियान पछि यहाँ जुनारको उत्पादन बढ्दै गएको छ । रोग…