काठमाडौं, मंसिर २८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रबाट तीनजना मन्त्री, नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री र एकजना राज्यमन्त्री थप्नु भएको छ । माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।…