काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्न समस्या भएको छ । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले महाधिवेशनलाई देखाउँदै आफ्नो दलबाट मन्त्रिपरिषद् सहभागी हुनेको नाम नपठाएपछि सरकार विस्तार गर्न समस्या भएको हो ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले माओवादी केन्द्रले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्न र कांग्रेसले राज्यमन्त्रीको मात्र शपथ गराउन सक्ने जवाफ दिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
गत कात्तिक ११ मा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका पाण्डेले कात्तिक २५ मा २ मन्त्री थप्नुभएको थियो । यस अघि गठबन्धन सरकारमा सहभागी दलबीच भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पु¥याएको थियो । तर माओवादीले प्राप्त मन्त्रालय संख्यो थोरै भयो भन्दै असहमति जनाइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्