काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यकाे निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ। सिंहदरबारमा बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले छलफलमा प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा…