पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेले राजनीतिक दलहरुबीचको गठबन्धन मुलुकका लागि घातक हुने बताउनुभएकाे छ । पर्वतकाे सदरमुकाम कुश्मा बजारमा शनिबार आयोजित पार्टीको जिल्ला भेलालाई सम्बाेधन गर्दै उहाँले दलीय गठबन्धन मुलुकका लागि घातकहुने बताउनुभएकाे हाे । सभापति लामिछानेले विचार, सिद्धान्त र दर्शन नमिल्नेसँग गरिएको गठबन्धनले मुलुकलाई हित नगर्ने बताउनुभयो । यस्ता गठबन्धन…