
उपेन्द्र खनाल
तनहुँ । तनहुँमा जिप र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
साेही दुर्घटनामा ३ जना घाइते भएका हुन् । मृत्यु हुनेमा स्याङ्जा हरिनास गाउँपालिका– ५ बस्ने ४० वर्षीय केश बहादुर थापा रहेका छन् । शनिबार रिसिङबाट भिमादतर्फ जाँदै गरेको ग ३ च २१२९ नम्बरको बोेलेरो जिप सडकबाट खसेर दुर्घटना हुँदा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे।
त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा धादिङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख २७०७ नम्बरको ट्रक आफैं अनियन्त्रित भइ दुर्घटना भएको छ । दुर्घटनामा परी म्याग्दे गाउँपालिका– २ जामुने बस्ने ४० वर्षीय अमिर खड्का, ट्रकका हेल्पर धादिङ सिद्धलेख गाउँपालिका–२ नालाङ बस्ने ३७ वर्षीय कृष्ण रम्तेल र ट्रकमा सवार पाँचथरका १६ वर्षीय दिपेश लिम्बु घाइते भएका छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्