एकै दिन ४६ जना फरार प्रतिवादी पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


एकै दिन ४६ जना फरार प्रतिवादी पक्राउ


819
Shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादीहरु एकै दिन पक्राउ परेको छ ।

मुद्दामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले ४६ जना पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभयो।

विगत ५ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ गरी प्रशासन कार्यालय स्याङ्जाामा आवश्यक कारवाहीका लागि बुझाएको खनालले बताउनुभयो।

विभिन्न कसुरका आरोपित उनीहरुबाट १ लाख २६, हजार ७५ रुपैयाँ समेत राजश्व संकलन गरिएको र कसुर अनुरुप कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।