मानबहादुर वलीसुर्खेत । कर्णाली प्रदेशको आठौं संसद अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेका सांसदहरू अवरुद्ध पारेका छन् । एमाले सांसद्हरूले फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा पदबाट नहटेसम्म संसद चल्न नदिने भनेपछि संसद अवरुद्ध भएको हो । बैठकको आरम्भमा नै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलले विशेष समयमा बोल्दै जालसाजी…