एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा « Image Khabar


एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा


117
Shares

सुर्खेत । एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा आएको छ ।

मंसिर १० गतेदेखि धावनमार्गको मर्मतका लागि बन्द गरिएको विमानस्थल मंगलबारबाट सञ्चालनमा आएको हो ।

धावनमार्गको मर्मत सकिएसँगै मंगलबारबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरूले नियमित उडान गरेका छन् ।

एक महिना विमानस्थल बन्द हुदाँ विकल्पको रूपमा नेपालगञ्ज विमानस्थलको प्रयोग गरिएको थियो ।

त्यहाँबाट राजधानी काठमाडौंको साथै कर्णालीका जुम्ला, मुगु, हुम्ला लगायतमा हवाइ उडान भरिएको थियो ।