काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जन दवावका कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताउनुभयो । उहाँले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने…