११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने प्रधानमन्त्रीको वचन


130
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि गरिने वचन दिनुभएको छ ।

बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विज्ञान प्रविधि विकासका लागि सरकारले एक अर्बको कोष स्थापना गर्न वार्षिक कार्यक्रम समावेश गरिसकेको जानकारी दिनुभयो ।

विज्ञान तथा प्रविधि विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गर्न चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको उहाँले बताउनुभयो ।

केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा अनुसन्धान गर्ने मौका प्रदान गरिने उहाँले प्रतिवद्धता जनाउनु भयो ।