काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा बुधबार देशैभर एक साथ पालिका तहको अधिवेशन हुने भएको छ।
यहि असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो। केही छिटपुट स्थानबाहेक देशैभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ।
प्राकृतिक विपत्ति र विशेष परिस्थितिकाबीच पनि निर्वाचन समितिले सांगठनिक कार्यतालिकालाई प्राथमिकताका साथ अघि बढाएको हाे । बाढी-पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा मंगलबार अधिवेशन सम्पन्न भएको छ।
मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको हाे।










प्रतिक्रिया दिनुहोस्