काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले तीनै तहको सरकारको खर्च कम हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउदले देशमा साधारण खर्च असाध्यै बढेको बताउनुभएको हो । नेता साउदले राज्यको उत्तरदायित्व बढ्दा त्यसको मार भने जनताले भोग्नु परिरहेको भन्दै संघ, प्रदेश र स्थानीय तीनै तहमा खर्च घटाएर…