काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्रले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताउनुभएको हो ।
वरिष्ठ उपाध्यक्ष मिश्रले संघीयतामा तल तलसम्म अधिकार पु¥याउने नाममा भ्रष्टाचार लगेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताउनुभयो । उहाँले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्