काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ । वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ । प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको…