काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रको साझा सम्पत्ति भएको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिदै प्रधानमन्त्री दाहालले पहिचान, अधिकार, न्याय, मुक्ति र स्वतन्त्रता चाहने सम्पूर्ण परिवर्तनकारी नेपालीको साझा दिवस भएको बताउनुभएको छ । जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको सपनालाई आत्मसात्…