काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको हिन्दूराष्ट्र फर्काउने एजेन्डासहित फागुन ९ गतेदेखि सडक संघर्ष शुरु गर्ने भएको छ । राप्रपाको आन्दोलन परिचालन समितिको बुधबार बसेको बैठकले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाएर आन्दोलन सुरु गर्ने निर्णय गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहित शीर्ष नेताहरु समेतको…