काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने आरोप लगाउनुभएको छ । सरकार गठन भएको सय दिन पुगेको अवसरमा बुधबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु फैलाउने गरिएको गुनासो गर्नुभयो । यो काम गर्न नदिने उद्देश्यले चलाइएको…