
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित नहुने बताउनुभएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद बस्नेतले जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नैतिकताले नदिने बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)को पार्टीको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएकोप्रति लक्षित गर्दै सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यत्ति, पुनः राजनीतिक पार्टीको बैठकमा उपस्थित हुनुले उदेक लाग्ने गरेको बताउनुभयो ।
सांसद बस्नेतले कानूनी उपचार गर्दा धम्कीका भाषाहरु सडकमा देखिनु उचित नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्