सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीलाई प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघिका नेकपा (एमाले)बाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले…