Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


सर्वदलीय बैठक आज सिंहदरबारमा बस्दै

बैठकमा रसुवा बाढीका कारण भएको क्षति र राहत लगायतकाे बारेमा छलफल गरिंदै

377
Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक बस्ने भएकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित पार्टीकाे संसदीय दलको कार्यालयमा बस्ने बताउनुभएकाे हाे। बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने बताउनुभएकाे छ।

यसअघिको बैठकमा दलहरूबीच विपद्को दिगो समाधान र पूर्वतयारीका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । साेही प्रक्रियालाई अघि बढाउने विषयमा पनि मंगलबार छलफल हुने बुझिएकाे छ।