काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।…