काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्य तालिका सार्वजनिक गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम बुधबार ७ वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न…