काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गर्नुभएको छ । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व भएको बताउनुभयो । उहाँले राजनीति आस्था, विश्वास…