Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश


1.7k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आदेश दिएको हो ।

आजै नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस भएको थियो ।

काभ्रेमा पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको हो । अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।