काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताउनुभएको छ । शनिबार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै उहाँले पुँजीपतीहरुलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताउनुभयो । धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी…