Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने सरकारको निर्णय


8.9k
Shares

काठमाडौं ।

सरकारले नागरिकलाई सेवा प्रवाह सहज र सरल बनाउने उद्देश्यले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निणर्य गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको उक्त प्रस्तावलाई स्वीकृत गर्दै आवश्यक प्रक्रियाका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाउने निर्णय गरेको हो।

गृह मन्त्रालयले जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट प्रदान हुने सेवालाई थप पहुँचयोग्य बनाउन एकैपटक ठूलो संख्यामा नयाँ कार्यालय खोल्न लागेको जनाएको छ । मन्त्रालयका अनुसार, सेवा दिनुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई सम्बोधन गर्न यो निर्णय लिइएको हो।

मन्त्रिपरिषद्को प्रशासन समितिले अब यस प्रस्तावमाथि आवश्यक छलफल गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ।

गृह मन्त्रलयले आवश्यकताअनुसार भविष्यमा पनि यस्ता असमानता देखिएका अन्य स्थानमा थप इलाका प्रशासन कार्यालय स्थापना गर्दै जाने योजना बनाएको छ।