काठमाडौं । राष्ट्रिय सभाअन्तर्गको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार पुरातत्व विभागको भ्रमण गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सचिव सञ्जय दाहालले बिहीबार समितिले पुरातत्व विभागको भ्रमण गर्ने जानकारी दिनुभयो । बिहीबार बिहान ११ बजे विभागको भ्रमण गर्ने र सम्पदा संरक्षणको विषय विभागका पदाधिकारीहरुसँग छलफल गरिने दाहालले जानकारी दिनुभयो ।…