काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद बडूले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सरकार…