काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री निधीले नेपालमा भइरहेको राजनीतिक संक्रमणको अन्त्यको प्रयास, नयाँ सरकार गठनपछिको अवस्था, मधेसीलगायत आदिवासी जनजातिले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले गरिरहेको प्रयासलगायतका विषयमा जानकारी दिएका थिए…