काठमाडौं, कात्तिक २८ । निर्वाचनका लागि आवश्यक पर्ने तीनवटा कानुनबारे संसदको राज्य व्यवस्था समितिमा छलफल शुरु भएको छ । आइतबार बसेको समितिको बैठकमा निर्वाचन आयोग, राजनीतिक दल दर्ता र मतदाता नामावली सम्बन्धी कानुनको सैद्धान्तिक पक्षमाथि छलफल भएको हो । समितिले उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसँग छलफल गरेको हो ।…