पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसनिकट भ्रातृसंस्था तरुण दलको चौथो महाधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ ।
१० वर्षपछि भएको तरुण दलको महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटनसत्र, दोस्रो दिन बन्दसत्र र अन्तिम दिन निर्वाचन गरिने कार्यक्रम छ ।
मानवअधिकारचोकमा उद्घाटनसत्र हुनुअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित र्याली निकालिएको थियो ।
बन्दसत्र र निर्वाचन कार्यक्रम पोखरा सभागृहमा हुने आयोजकले जानकारी दिएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्