पोखरा, कात्तिक २८ । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था तरुण दलको महाधिवेशनअन्तर्गत आज(आइतबार)बाट बन्द सत्र हुरु हुँदैछ ।
पोखरामा शनिबार सुरु भएको चौथो महाधिवेशनको हिजो कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
‘बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका साथ दश वर्षपछि सुरु भएको महाधिवेशनमा नेतृत्वका लागि कांग्रेस नेताहरुले भागबण्डा गरेर टाँस्ने पहल गर्दैछन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाबीच पदाधिकारीमा भागबण्डाको पहल भइरहेको छ । अध्यक्षमा जीतजंग वस्नेतलाई ल्याउने तयारी भएको बताइएको छ ।
आज बन्द सत्र र भोलि निर्वाचन गर्ने भनिएपनि सबैको ध्यान नेतृत्वका लागि खिंचिएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।









प्रतिक्रिया दिनुहोस्