Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


उपेन्द्र यादवले दिए आन्दोलनको चेतावनी


0
Shares

                                                                                 फाइल फोटो
काठमाडौं, कात्तिक २७ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिनुपर्ने बताएका छन् ।

नेपाल संवत् ११३७ को अवसरमा संघी समाजवादी नेवाः संघले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्ष यादवले आफूहरुको सहमतिबेगर संशोधन दर्ता गरिए त्यसको प्रतिकार गरी संघर्षमा जाने चेतावनी दिए ।

‘अब, हुने संविधानको संशोधन मूलभूत राष्ट्रिय सवाल, संघीयता, समावेशीता, पहिचान, स्वायत्तता र सुशासनसम्बन्धी सवाल हल गर्ने गरी संशोधन गरिनुपर्छ । चलाखीपूर्ण तरिकाले हाम्रा मुद्दालाई ओझेलमा पार्नेगरी संशोधन लगियो भने त्यसको कुनै अर्थ हुँदैन र फेरि आन्दोलनमा उत्रनुको विकल्छ हुन्न’–उनले भने ।

संघीय गठबन्धनका संयोजकसमेत रहेका अध्यक्ष यादवले ‘सरकार गठनकाबेला भएको त्रिपक्षीय सम्झौताअनुरुप संशोधन लैजानुको साटो संघीय आयोगमार्फत् विवादास्पद जिल्लाको टुंगो लगाउने भन्ने विषय संघीयता समाप्त पार्ने षडयन्त्र हो’ भन्दै त्यो कदापि मान्य नहुने स्पस्ट पारे ।

समाजवादी फोरमकै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको पहिचानको मूल आधार मानिने नेपाल संवत्लाई वैज्ञानिक मापदन्ड बनाएर प्रयोगमा ल्याइनुपर्नेमा जोड दिए । रासस

Skip This