स्थानीय तह पुनःसंरचनाप्रति असहमति जनाउँदै आएको समूहले नेपाली कांग्रेसका नेता डा. रामशरण महत सहभागी भएको कार्यक्रममा अवरोध पुर्याएपछि झडप भएको हो । दुई पक्षबीचको झडप रोक्नेक्रममा प्रहरीले झन्डै ५० राउन्ड रबरका गोली र दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । रबरको गोली लागेर सूर्यमती गाउँ विकास समिति वडा नम्बर–२ का सुमन न्यौपाने र भरत गुणी…