काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रथम नगरसभालाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने–‘सामाजिक सञ्जाल पक्कै पनि अलिअलि भएपनि पढे–लेखेकैले प्रयोग गर्छन् तर उनीहरुको शब्द हेर्दा कुनैपनि हिसाबबाट शिक्षित भन्न मिल्दैन ।’ अर्काे प्रसंगमा उनले लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट नै व्यावहारिक अभ्यासको आवश्यकता रहेको बताए । पुरानो इतिहास बोकेको पनौतीमा जलविद्युत्, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्रशस्त सम्भाव्यता रहेको…