व्यवस्थापिका–संसदको बिहीबार बसेको वैठकमा विभिन्न दलका सांसदहरुले सो विषयमा जिज्ञासा राखेपछि सभामुख ओनसरी घर्तीले स्पस्ट पार्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सांसदद्वय प्रेम सुवाल र रेवतीरमण भण्डारीले बहालवाला मुख्यसचिव नै जागिर खान जाँदा देशको बेइज्जत भएको भन्दै आलोचना गरेका थिए ।
सांसद सुवालले मुख्यसचिव सुवेदीले मनपरी निर्णय गर्दापनि सरकार र सत्ताधारी दलहरु निरीह बनेको आरोप लगाए ।
यस्तै, सांसद भण्डारीले सत्ता र शक्तिको आडमा मुलुकको प्रशासनिक, संवैधानिक र कानुनी व्यवस्थाको घोर उल्लंघन गर्ने छुट दिइएको बताए ।
उनले एडीबीमा जागिर खान मुख्यसचिव सुवेदीलाई राजीनामा गराएरमात्रै विदेश पठाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताए ।
मुख्यसचिव सुवेदी राजीनामा नदिइ साउन १ गतेदेखि लागू हुने गरी एडीबीको जागिरका लागि फिलिपिन्सको राजधानी मनिला जान लागेको जनाइएको छ ।
यस्तै, संसद बैठकमा सांसद डा. आरजु देउवालेलगायतले केही दिनयता मुलुकमा महिला हिंसा बढेको भन्दै दोषीलाई कारबाहीको माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्