संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने भन्दै गत चैत २९ गते संविधान संशोधन विधेयक संसदमा दर्ता गरिएको थियो । सरकारले संविधानको दोस्रो संशोधन विधेयक फिर्ता लिइ प्रदेशको सीमांकन हेरफेरबाहेकका विषयमा नयाँ संशोधन विधेयक दर्ता गरेको थियो । तर, संविधान संशोधन विधेयक अहिले पनि संसदमा विचाराधीन नै छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले उक्त विधेयकलाई…