फाइल फोटो
मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो’–सचिव श्रेष्ठले भने–‘आज बिहान ८ः३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।’
उनकाअनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको भएपनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।
संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङलाई आइतबारदेखि मधुमेहको मात्राको असन्तुलन भएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्