भारत भ्रमणकाक्रममा प्रसंगविहीन ढंगले संविधानको कुरा उठाएर देशको शीर झुकाएको उनले टिप्पणी गरेका हुन् । उपचारका लागि थाइल्यान्ड जानुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग ओलीले प्रधानमन्त्री देउवाले भारतमा संसदले गरेको फैसलाको धज्जी उडाएकाले देशको स्वाभिमानमा नै ठेस पुगेको उल्लेख गरे । ‘भर्खरै संविधान संशोधनको सम्बन्धमा नेपालको गरिमामय संसदले गरेको फैसलालाई उहाँले विदेशमा गएर धज्जी उडाउनुभएको…