काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने पक्षमा नरहेको स्पष्ट पार्नुभएकाे छ। विराटनगरमा शनिबार प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उहाँले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्गठनको प्रक्रियामा रहेको बताउनुभएकाे हाे । पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उहाँले…