काठमाडाैं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाई बहुमतले मात्रै पर्याप्त नहुने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनुभएको हो । सभापति लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले संविधान…