काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको निर्वाचन अघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने चेतावनी दिएका छन् । सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग शुक्रबार भएको छलफलका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनाव अघि नियमित वा विशेष जुन महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका…