काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएको छ। महासंघले आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना दिएको हो। धर्नामा सहभागी शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन्। महासंघले यसअघि पनि नेकपा एमाले र…