Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


विप्लवसहित माओवादीका शीर्ष नेताहरू चुनाव नलड्ने


2.4k
Shares

काठमाडौँ ।

नेकपा (माओवादी) ले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेताहरू प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको निर्णयलाई औपचारिकता दिएको हो।

पार्टीका अनुसार पुस १० गते बसेको केन्द्रीय समिति बैठकमै शीर्ष नेताहरू चुनावी प्रतिस्पर्धामा नउत्रिने निर्णय भएको थियो। यद्यपि स्थायी कमिटीका एक–दुई सदस्यले भने चुनाव लड्न सक्ने बताइएको छ।

यसअघि रोल्पाबाट चुनाव लड्ने तयारीमा रहेका विप्लव अन्तिम समयमा उम्मेदवार नबन्ने निर्णयमा पुगेका हुन्।