काठमाडाैं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसअघि सोमबार पनि सो प्रतिवेदन पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएकाले प्रस्तुत हुन…